Lite Nepal

आइतबार, मंसिर १३, २०८३

काठमाडौं । भारत भ्रमण सकेर हालै फर्किएका प्रधानमन्त्री बालेन शाहको चीन भ्रमणबारे चर्चा सुरु भएपनि परराष्ट्रमन्त्री शिशिर खनालले तत्कालै नहुने बताएका छन् । परराष्ट्र मन्त्रालयमार्फत बेइजिङसँग समन्वय गरी अनुकूल तिथिमिति प्रस्ताव र स्वीकृत गर्ने कार्य पनि अगाडि बढाइएको छैन ।

चिनियाँ नयाँ वर्ष (फेब्रुअरी ६) अघि वा स्थानीय निर्वाचनपछिको अनुकूल समय मिलाउने गरी छलफल चलाइएको छ । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा भएको कार्यक्रमममा पररष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको चीन भ्रमण तत्काल नहुने बताएका हुन् ।

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणपछि चीन भ्रमण गर्नु स्वाभाविक रहेको र उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको भएपनि यही मितमा जाने भन्ने तय हुन बाँकी रहेको बताए । छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा चर्चा चलेकाे उनको भनाइ छ ।

मन्त्री खनालले अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टंगो लागिनसकेको बताए यद्यपि, मन्त्री खनालले परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने बताए । अहिले ठ्याक्कै यही मिति र समयमा सम्माननीयज्युको चीन भ्रमण हुन्छ भनेर समय अवधि तोकिइसकेको छैन’, मन्त्री खनालको भनाइ छ ।

यसले चिनियाँ पक्षले प्रधानमन्त्री बालेन शाहलाई बेइजिङ भ्रमणको निम्ता दिएको भए पनि तत्कालै भ्रमण हुने सम्भावना कम रहेको देखाएको छ । भारत भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई चीन पठाउने तयारी तत्काल नहुने उनको भनाइ हो । स्थानीय चुनावका लागि मिति तय भएपछि यसबारे छलफल चलाउने तयारमा सरकार छ ।

यसअघि रास्वपा सभापति रवि लामिछाने बेइजिङ जाने तयारी थियो, तर भोटेकोशीको बाढी लगायतका कारणले रोकिएको थियो । हालै मा रास्वपाका २० सांसद भने चीन पुगेर आएका छन् । परराष्ट्रमन्त्री खनाल भने गत जेठ अन्तिम साता चीन पुगेर फकिर्एका थिए । बाहिर चर्चा भएअनुसार प्रधानमन्त्रीको चीन भ्रमणको तयारी नभइरहेको मन्त्री खनालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं