Lite Nepal

आइतबार, साउन ३२, २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले काम सुरु गरेको छ ।

विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले आइतबारदेखि विषयगत छलफल सुरु गर्ने भएको छ ।

नेकपा महासचिव विष्णुप्रसाद पौडेलको भैँसेपार्टीस्थित निवासमा बस्ने बैठकमा आइतबारदेखि विषयगत छलफल सुरु हुने कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदलको शनिबार बसेको छलफलले कार्यविधि तयार गरेको थियो । जतिसक्यो छिटो सहमतिका लागि सुझाव पेस गर्ने जिम्मेवारी पाएको कार्यदलले आइतबारदेखि दिनभर छलफल थाल्नेछ ।

सोमबारसम्म निकासका लागि सुझाव तयार गर्नेगरी काम थालिएको ती सदस्यले जानकारी दिए ।

पछिल्लो दुई महिनायता नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति उन्मुख छलफल गरेपछि महासचिव पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहेका छन् ।

कार्यदलले महाधिवेशन केन्द्रित भएर अध्यक्षद्वयबीच अनौपचारिक छलफलमा भएको सहमति अनुसारका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं