काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा विजयी उपमहासचिव योगेश भट्टराई र सदस्यद्धय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबेलाई नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले आज सम्मान गर्ने भएको छ ।
निर्वाचित् भट्टराई, मेन्याङ्बो र थेबेको सम्मानका लागि आज अपराह्न ४ बजे अनामनगर स्थित सिलौटो कटेजमा बधाई तथा शुभकामना कार्यक्रम राखिएको सम्पर्क मञ्चका कोषाध्यक्ष चुडामणी गिरीले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रममा फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ताप्लेजुङमा कसरी एमालेमय बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।
छलफलमा काठमाडौंमा रहेका ताप्लेजुङका एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।
