काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पछार्ने बताएका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने, ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ ।’
जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेन्ड पनि भ्रम नटिक्ने उनले दाबी गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ ।

