Lite Nepal

बिहिबार, फाल्गुण २१, २०८२

विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाभर रहेका ५५५ मतदान केन्द्रबाट कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ८९४ मत खसेको हो।

हालसम्म खसेको मतमध्ये २ लाख ४३ हजार ३९६ पुरुष, २ लाख ६२ हजार ४९६ महिला र २ जना अन्य मतदाता रहेका छन्।

क्षेत्रगत विवरण अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा ६०.३६ प्रतिशत, क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत, क्षेत्र नं. ३ मा ६१.१७ प्रतिशत, क्षेत्र नं. ४ मा ६७.१५ प्रतिशत, क्षेत्र नं. ५ मा ६७.२८ प्रतिशत र क्षेत्र नं. ६ मा ६६.२३ प्रतिशत मतदान भएको छ।

सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जिल्ला प्रशासनक कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनको अनुसार मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं