Lite Nepal

सोमबार, फाल्गुण २५, २०८२

ताप्लेजुङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित क्षितिज थेबेले सोमबार प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गरेका छन् ।

चुनावमा निर्वाचित भएपछि आइतबार मतदातालाई धन्यवाद दिन सदरमुकाममा धन्यवाद र्‍यालीको आयोजना गरेका थेबेले सोमबार विहानै पाथीभरा पुगेर देवीको दर्शन गर्दै पाथीभरा क्षेत्रको अवलोकन गरेका हुन् ।

पर्यटन विकासका विषयमा आफ्नो प्रतिबद्धतामा पहिलो बुँदामा पाथीभरा क्षेत्रलाई राखेका उनले पाथीभराको विकास र यस क्षेत्रमा पर्यटनका साथै तीर्थयात्रीको चाप बढाउनका लागि गर्न सकिने सम्भावित विषयका विषयमा पनि अध्ययन गरेको पाथीभरा क्षेत्रविकास समितिले जनाएको छ ।

यसैबिच साँझ सदरमुकाम फुङ्लिङमा जिल्लाका सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले अब आफ्नो कार्यकालमा जिल्लाका लागि गर्न सक्ने सबै काममा सक्रियतापूर्वक लाग्ने बताए ।

आफ्नै पार्टीको सरकार नहुँदा ल्याउने बजेट र जिल्लामा भित्र्याउने योजनामा केही फरक पर्ने अनुमान गरेका उनले अबको समय जिल्लाको आवाज बनेर लाग्ने प्रतिबद्धता जनाए ।













तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं