इलाम।प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम क्षेत्र नं. २ मा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो बनेको छ।
सार्वजनिक भएको मत परिणामअनुसार श्रम संस्कृति पार्टीले १७ हजार ४८२ मत प्राप्त गर्दै अग्रता कायम गरेको हो।
यसैगरी नेकपा एमाले १६ हजार ४६३ मतसहित दोस्रो स्थानमा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी १३ हजार ३४१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेस ११ हजार ९१९ मतसहित चौथो स्थानमा रहेको छ।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २६४ मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख छ।
समानुपातिकतर्फ प्राप्त मत परिणामले इलाम–२ मा विभिन्न दलबीच प्रतिस्पर्धा देखिएको छ।
इलाम–२ समानुपातिक मत परिणाम (संक्षेप):
श्रम संस्कृति पार्टी — १७,४८२
नेकपा एमाले — १६,४६३
राष्ट्रिय स्वतन्त्र पार्टी — १३,३४१
नेपाली कांग्रेस — ११,९१९
राष्ट्रिय परिवर्तन पार्टी — १,२६४
