Lite Nepal

शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की दिएका छन् । शनिबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले बुधबारसम्म ठूलो सम्झौता नभए युद्धविराम अवधि नबढाउने चेतावनी दिएका छन् ।

उनलाई पत्रकारले ‘के तपाईँ युद्धविराम अवधि बढाउनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । जसको जवाफमा उनले भने, ‘सायद म यो भन्दा अगाडि बढाउने छैन । तर नाकाबन्दी जारी रहन्छ । अपसोच के छ भने हामीले फेरि बमबारी सुरु गर्नुपर्ने हुन्छ ।’

यद्यपि आफूलाई केही समय अगाडिबाटै राम्रो खबर मिलेको उनले बताएका छन् । ‘मध्यपूर्वमा इरानका साथ अवस्था धेरै राम्रो हुने सम्भावना देखिन थालेको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा