काठमाडौं। देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णालीलगायत प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागमा भने आंशिक बदली रहने र एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ।