Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

झापा । मेची अञ्चल अस्पतालमा उपचारत १४ जना कोरोना संक्रमति आज निको भएर घर फर्किएका छन् ।

मेचीनगरका ३ जना, भद्रपुरका २, दमकका ४, बिर्तामोडका २ र सर्लाहीका एक जना संक्रमित उपचार पछि डिस्चार्ज भएका डा. गोविन्द कँडेलले जानकारी दिए ।

डिस्चार्ज भएका मध्ये सर्लाहीका एक जना भने यातायातको प्रवन्ध नहुँदा भोली मात्र घर फर्कने भएका छन् ।

मेची अञ्चल अस्पतालमा कोरोना संक्रमितको उपचार गरेर पहिलो पटक १७ जना निको भएर फर्किएका थिए भने आज १४ जना घर फर्किएका हुन् । ९ जना संक्रमित उपचारत छन् ।

अस्पतालमा मेची कोभिड १९ पीसीआर प्रयोगशाला सञ्चालनमा आएयता १ हजार ७ सय ५२ जनाको परीक्षण भएकोमा १७ जनामा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख कन्सल्टेण्ड माइक्रोवायोलोजिस्ट डा. प्रतिमा शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं