Lite Nepal

शुक्रबार, आश्विन ०२, २०८३

विराटनगर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा फेरि आन्तरिक टुटफुट देखिएको छ। पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो राजनीतिक शैली र पुरानै नेतृत्वबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको निष्कर्षसहित आफूहरू पार्टीबाट अलग भएको उनीहरूले बताएका छन्। पार्टी परित्याग गर्नेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।

पार्टीबाट अलग हुनुको कारणबारे महासचिव झाले मातृभूमिको आवश्यकता र मौलिक वैचारिकीमा आधारित बलियो अर्थतन्त्र निर्माण गर्न नयाँ अर्थ–राजनीतिक दिशामा अघि बढ्नुपर्ने बताएका छन्। उनका अनुसार सामाजिक तथा सांस्कृतिक चेतना विकासका लागि अभियान, राजनीतिक चेतनाका लागि संघर्ष र आर्थिक चेतनाका लागि विद्रोहको तयारीलाई अघि बढाइनेछ।

झाले अब आफूहरूको राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’सँग जोडिने जानकारी दिएका छन्। उनले विचारसहितको विकल्प र विकल्पसहितको विद्रोह निर्माण गर्ने उद्देश्यले अभियान अघि बढाउने बताएका छन्। नौ जना नेताको बहिर्गमनसँगै राष्ट्रिय मुक्ति पार्टीमा संगठनात्मक चुनौती थपिएको छ भने महतो नेतृत्वको राजनीतिक यात्रामा पुनः टुटफुटको प्रश्न उठेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं