Lite Nepal

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार अदालतले माग गरेको २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि तामाङलाई शुक्रबार केन्द्रीय कारागार, सुन्धारा पठाइएको हो।

रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेपछि सिंहदरबारबाट बाहिरिने क्रममा तामाङ पक्राउ परेका थिए।  बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं