काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको हो ।
रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् ।
आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।
