Lite Nepal

शुक्रबार, जेठ १५, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

मुख्य मन्त्री कार्कीले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरू पग्लिने, सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पन्न हुने जोखिम बढ्दो रहेको बताएका छन् ।

मुख्य मन्त्री कार्कीले शुभकामना सन्देशमा कोशी प्रदेश सरकार हिमाली पर्यावरण संरक्षण, सुरक्षित पर्वतीय पर्यटन र दिगो विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने दृढ संकल्पित रहेको उल्लेख गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा सगरमाथा दिवस मनाइने गरिएको छ । सगरमाथा नेपालको कोशी प्रदेशमा पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं