Lite Nepal

आइतबार, जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ।

आइतबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारततर्फको केही भूभागमा सीमा सम्बन्धी विवाद रहेको आफूले हालै जानकारी पाएको टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिलाई लिएर काँग्रेसले गम्भीर प्रश्न उठाएको हो।

काँग्रेसकी सचेतक वासना थापाले प्रधानमन्त्रीको उक्त भनाइ तथ्यगत रूपमा पुष्टि हुनुपर्ने आवश्यकता रहेको बताइन्। उनका अनुसार दुई देशबीचको संवेदनशील सीमा विषयमा स्पष्ट प्रमाणबिना सार्वजनिक अभिव्यक्ति दिनु उचित नहुने टिप्पणी गरिएको छ।

उनले सीमा अतिक्रमणसम्बन्धी दाबी वास्तविक हो भने त्यसका प्रमाण सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन्। प्रमाण प्रस्तुत गर्न नसके उक्त अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाइनुपर्ने माग पनि उनले राखिन्।

काँग्रेसले सीमासम्बन्धी विषयलाई कूटनीतिक र तथ्यपरक आधारमा मात्र अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीको भनाइप्रति औपचारिक असन्तुष्टि जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं