Lite Nepal

बुधबार, जेठ २०, २०८३

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक प्रारम्भ हुनासाथ सांसदहरू उभिएर असहमति प्रकट गरेपछि कार्यवाही प्रभावित भएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै लगातार विरोध जारी राख्दै आएका छन्। सोही कारण अघिल्ला दुई बैठकहरूमा पनि कार्यसूची अघि बढ्न नसकेको संसदीय गतिविधिले देखाएको छ।

गत आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा सम्बन्धी विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए। सो क्रममा उनले सीमासम्बन्धी प्रसंग उल्लेख गर्दै दुवै देशबीच कतिपय स्थानमा भूमि अतिक्रमणसम्बन्धी अवस्था रहेको टिप्पणी गरेका थिए।

त्यही अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। आजको बैठक पनि सोही विवादका कारण अवरुद्ध बनेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं