काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
रवि र मोदीबीच एक्लाएक्लै साथै प्रतिनिधिमण्डसहितको भेटवार्ता भएको हो ।
भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उल्लेख गरेका छन् । छिमेकी पहिलो नीति अन्तरगत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको उनको भनाइ छ ।
उनले लेखेका छन्, नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु । हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ ।