झापा । झापाको अर्जुनधारामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
अजुनधारा नगरपालिका–११ का ४४ वर्षीय सागर भनिने डम्बर हस्दाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार स्थानीय कालीमन्दिर नजिकै हिले खोलामा हस्दा करेन्ट लगाएर माछा मारिरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनी ढलेका थिए ।
त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो । –रासस