विराटनगर । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

घिमिरेले उनी पक्राउ परेको पुष्टि गरेपछि पक्राउको कारण औपचारिक रुपमा भने खुलाएनन् ।

उमेश भने कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् ।