Lite Nepal

बिहिबार, जेठ २८, २०८३

काठमाडौं । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका-७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थियो । सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए ।

पिकअप गाडीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं