काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।
“प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ,” उनले भने ।
प्रतिनिधिसभा नियमावलीका नियम बेवास्ता गरिएको भन्दै उनले परिपालना गर्न पनि आग्रह गरे ।