Lite Nepal

बिहिबार, जेठ २८, २०८३

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहीबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये इनरुवा-१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बर्जु-४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका-५ बाट रु ३० हजार ९१०, इनरुवा-६ बाट रु ३० हजार, दुहबी-३ र कोशी-५ बाट क्रमशः : १० हजार ६९७ र रु १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं