Lite Nepal

आइतबार, जेठ ३१, २०८३

काठमाडौं । ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समूह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्को १/१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए ।

खेलको २१औँ मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३२औँ मिनेटमा भिनिसियसले गोल गर्दै बराबरी गरेका थिए । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

अब विश्वकप अन्तर्गत ब्राजिलले जुन २० मा हैटीविरुद्ध खेल्ने छ भने जुन २५ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ । त्यस्तै मोरक्कोले जुन २० मा स्कटल्याण्डसँग र जुन २५ मा हैटीसँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं