Lite Nepal

बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएकी छन्।

विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चिया उद्योगीहरूले भोगिरहेको समस्या समाधान गर्न सरकार सक्रिय रहेको जानकारी दिइन्।

उनका अनुसार चिया निर्यातलाई विगतमा जस्तै सहज बनाउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको छ। उनले समस्या समाधानका लागि प्राविधिक पक्ष र कूटनीतिक माध्यम दुवैबाट पहल अघि बढाइएको बताइन्।

मन्त्री चौधरीले चिया निर्यातसम्बन्धी विषयमा भइरहेका छलफलहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको पनि उल्लेख गरेकी छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं