Lite Nepal

बुधबार, आषाढ ०३, २०८३

काठमाडौं । ई-सेवाको कर्मचारी भएको भन्दै प्रलोभनमा पारेर अनलाइन माध्यमबाट रकम ठगी गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

साइबर ब्युरोका अनुसार पीडितलाई ई-सेवा खातामा धेरै ‘रिवार्ड प्वाइन्ट’ रहेको भन्दै फोनमार्फत सम्पर्क गरी विभिन्न प्रक्रिया अपनाउन लगाइएको थियो । सोही क्रममा प्राप्त भएको ओटीपी प्रयोग गरेर पीडितको खाताबाट १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ अर्को ई-सेवा खातामा स्थानान्तरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उक्त रकम प्रयोग गरी एक निजी व्यापारिक संस्थामार्फत आइफोन–१७ मोबाइल खरिद गरिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा रौतहट निवासी २२ वर्षीय शुभम साहलाई असार २ गते पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । पक्राउ परेका साहको साथबाट चार थान मोबाइल फोन, चार वटा सिमकार्ड तथा ठगीका प्रयोजनका लागि संकलन गरिएको भनिएका १५३ जनाको ई-सेवा आइडीसँग सम्बन्धित मोबाइल नम्बर बरामद गरिएको प्रहरीको भनाइ छ ।

साहविरुद्ध विद्युतीय माध्यमसँग सम्बन्धित ठगी कसुरमा अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार पक्राउ परेका व्यक्ति यसअघि पनि समान प्रकृतिका दुई वटा ठगी मुद्दामा पक्राउ परेर धरौटीमा छुटेको तथ्य फेला परेको छ ।

साइबर ब्युरोले आफूलाई डिजिटल सेवा प्रदायक संस्थाको कर्मचारी भनेर परिचय दिई ओटीपी, पासवर्ड वा व्यक्तिगत विवरण माग्ने व्यक्तिप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता गतिविधिबाट ठगीमा परेमा वा त्यस्तो आशंका भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तत्काल उजुरी दिन पनि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं