Lite Nepal

बिहिबार, आषाढ ०४, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन बोलाएको छ।

आयोगले दुई दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। उक्त सूचनाअनुसार, म्याद तामेल भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन आग्रह गरिएको छ।

पासपोर्ट छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे आयोगले अनुसन्धान अघि बढाइरहेको छ। सोही अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्र मन्त्री देउवालाई बयानका लागि बोलाइएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं