Lite Nepal

बिहिबार, आषाढ ०४, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो ।

रास्वपाका एक नेताले वरिष्ठ नेतामा निर्वाचन नभइ स्वतः सर्वसम्मत हुने जानकारी दिए । “अब वरिष्ठ नेताको पद विधानमै समेटिएको छ । कार्यकारी होइन, पूर्वसभापति पनि त्यसमा समेट्नुपर्ने हो । तर, स्वतः वरिष्ठ नेता बन्ने गरी निर्णय भएको छ,” ती नेताले बाह्रखरीसित भने ।

बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ थप्ने निर्णय गरेको ती नेताले जाकारी दिए ।

चुनावअघि रास्वपामा बालेन समूह रास्वपामा समाहित भएपछि वरिष्ठ नेताको पद खडा गरी सभापति रवि लामिछानेपछिको वरीयतामा बालेनलाई राखिएको थियो ।

महाधिवेशनपछि सचिवालय सदस्य संख्या ३३ बनाइने निर्णय पनि गरिएको छ । रास्वपामा २५ सदस्यीय सचिवालय छ ।

सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्य संख्या ५१ पुर्‍याइने ती नेताले बताए । केन्द्रीय पदाधिकारी १३ बाट १९ र केन्द्रीय समितिको संख्या १२९ बाट (सात प्रदेशसहित) १५८ पुर्‍याइने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं