काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार आगामी आर्थिक वर्षको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा उनले कति कुराहरू भनेर गर्न नहुने बताए ।
उनले भने, ‘कति कुराहरू हामीले भनेर गर्न हुँदैन रहेछ । कतिपय गुपचुप गर्नुपर्ने अवस्था छ । त्यही भएर निर्मला पन्तको विषय संवेदनशील छाैँ । म व्यक्तिगत रूपमा यसमा सिरियस्ली हेरिरहेको छु । हाम्रो छोरीचेलीलाई यस्तो निमर्म रूपमा हत्या गरेर त्यो इस्युलाई क–कसले राजनीतिकरण गर्यो र त्यसमा सानो बालिकाको लासमा राजनीति गर्यो त्यसलाई पत्ता लगाएर पहिचान गरी कारबाही लागि हामीले सूक्ष्म अनुसन्धान अघि बढाइरहेको छाैँ । कुनै कुराहरू हामीले नभनिकन काम गर्दा राम्रो होला ।’