काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नजाने घोषणा गरेका छन् ।
रास्वपाले महाधिवेशनमा सहभागीका लागि पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन् ।
साम्पाङले रास्वपा नेता समेत रहेका प्रधानमन्त्री बालेन साहले सीमाबारे बोलेकोप्रति रास्वपाको धारणा नआएको भन्दै महाधिवेशनमा हुन अस्वीकार गरेका हुन् ।
‘रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ ! मलाई थाहा छ यो शिष्टाचार रविजी को हो ! प्रधानमन्त्रीले सीमाबारे बोलेकोप्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुनेथ्यो ! आएन ! म उपस्थित बन्न सक्दिन है !’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् ।