Lite Nepal

शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन्।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा असार ७ गते हुने उद्घाटन समारोहलाई उनीसहित सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो ।

उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य दिने तयारी गरिएको छ। समारोहलाई भव्य बनाउन चितवनको स्थानीय संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति समेत राखिएको छ।

महाधिवेशनको उद्घाटनपछि असार ८ गतेदेखि बन्दसत्र सुरु हुनेछ। तीन दिनसम्म चल्ने महाधिवेशनमा नयाँ नेतृत्व चयनका साथै पार्टीको भावी नीति तथा संगठनात्मक संरचनाबारे छलफल हुने रास्वपाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं