Lite Nepal

शनिबार, आषाढ ०६, २०८३

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ ।

शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्र संशोधनसम्बन्धी निवेदन स्वीकार गर्दै सहकारी ठगीसम्बन्धी अभियोग यथावत् राख्ने तर संगठित अपराधतर्फको अभियोग कायम नरहने आदेश दिएको हो ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन गर्न सकिने उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण लगायत कानुनले विशेष रूपमा रोक लगाएका मुद्दाबाहेक अभियोग फिर्ता लिन वा संशोधन गर्न बाधा नरहेको व्याख्या गरेको छ ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतबाट लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं