काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा पहिलो जित दर्ता गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलले हैटीविरुद्ध ३–० गोलको जित निकालेको हो ।
ब्राजिलको जितमा माथेउस कुन्हाले २३ औं र ३६ औं मिनेटमा दुई गोल गरे । यसैगरी, ब्राजिलका लागि पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए । यसअघि पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।