Lite Nepal

आइतबार, आषाढ ०७, २०८३

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ कि, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने यस्तो अवसर कहिल्यै आउँदैन,’ उनले भनेका छन् ।

अहिलेको अवसर चुकेको खण्डमा सिंगो देशलाई धोका हुने उनको भनाइ थियो । ‘यो अवसर चुक्यो भने चुकाउनुभयो भने धोका तपाईंको पार्टीलाई र तपाईं नेतृत्वलाई मात्रै होइन सिंगो देशलाई हुन्छ । यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस्,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं