Lite Nepal

सोमबार, आषाढ ०८, २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ ।

विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बताएको छ ।

पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जानकारी दियो ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर केही समय जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । त्यसपछि काठमाडौं ल्याईएको हो । उनी पूर्वअर्थमन्त्री समेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं