काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ पदाधिकारी पाएको छ ।
शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनबाट नयाँ पदाधिकारी निर्वाचित भएका हुन् । जसअनुसार महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । उनले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् ।
यसैगरी, महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीका लागि आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा थिए ।
त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भए भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छिन् ।
पार्टी सभापतिमा यसअघि नै रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत चयन भइसकेका छन् ।

