काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७८ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको शनिबारको २४ घण्टे सवारी दुर्घटनासम्बन्धी विवरणअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो।

विवरणअनुसार कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।

लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु हुँदा ४० जना घाइते भएका छन्।
कर्णाली प्रदेशमा १० जना र गण्डकी प्रदेशमा ५८ जना घाइते भएका छन्। त्यस्तै, बागमती प्रदेशमा २० जना घाइते भएका छन्।
काठमाडौं उपत्यकामा मात्र २२ जना घाइते भएका छन्।
यसैगरी, मधेश प्रदेशमा ४३ जना र सुदूरपश्चिम प्रदेशमा १९ जना घाइते भएका छन्।