Lite Nepal

सोमबार, साउन ११, २०८३

काठमाडौं । गृहमन्त्री मन्त्री सुधन गुरुङले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

सुनसरीमा दुई समूहबीचको झडपको विषयलाई लिएर उत्पन्न तनावबारे छलफल गर्न सुरक्षा समितिको बैठक डाकिएको मन्त्रालयका एक अधिकारीले बताए ।

गृहमन्त्रीले घटनाबारे सोमबार बिहान पनि गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायतसँग छलफल गरेका थिए ।

मन्त्रालयले सुनसरी घटनाबारे छानबिनका लागि सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गएराति भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ८ प्रदर्शनकारी घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं