Lite Nepal

मंगलबार, साउन १९, २०८३

विराटनगर ।सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबिचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्र कुमार मेहताको मृत्यु भएपछि संसद्मा सरकारको तीव्र आलोचना भएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू डा. अमरेश कुमार सिंह र शिव यादवले मधेसमा हुने सामान्य विवादमा पनि सिधै गोली ठोक्ने प्रहरी प्रवृत्तिको  भर्त्सना गरेका छन्।

डा. अमरेश कुमार सिंह बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कप्तानगन्ज घटनापछि सर्वदलीय बैठक बसेर सामाजिक सद्भाव कायम राख्न प्रयास गरेकोमा धन्यवाद दिए।

तर, यस्ता संवेदनशील घटनामा प्रधानमन्त्रीको सम्बोधन ढिलो आएको भन्दै उनले असन्तुष्टि जनाए।  मधेसमा आन्दोलन वा झडप हुने बित्तिकै सुरक्षाकर्मीको मनोविज्ञान किन बदलिन्छ? भन्दै उनले प्रश्न गरे ।

उनले भने,‘ त्यहाँ किन लाठीचार्ज वा अश्रुग्याँस चल्दैन? प्रहरीलाई हातमा सिधै एसएलआर दिएर किन पठाइन्छ? मधेसमा सुरक्षामा जाने बित्तिकै विदेशी फोर्स भन्दै गाली गर्ने र विभेद गर्ने मानसिकता राज्यमा हाबी छ।’
उनले सरकारले मधेसमा शिक्षा सुधार्न ध्यान दिँदैन, शिक्षक नियुक्तिमा उपेक्षा गर्छ, तर त्यहाँका जनतालाई गोली ठोक्न भने सधैँ अगाडि सर्ने भन्दै आक्रोश पोखे ।

अर्का सांसद शिव यादवले पनि कप्तानगन्जमा दुई पक्षबिचको सामान्य विवादमा सिधै गोली चलाइएको प्रति कडा आपत्ति जनाए। उनले मधेसमा सामान्य कुरामा पनि हतियार उठाउने प्रवृत्तिको भर्त्सना गर्दै यो गलत परिपाटी तत्काल अन्त्य हुनुपर्ने माग गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं