Lite Nepal

मंगलबार, साउन १९, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीका विरुद्ध एमालेकै सांसदहरूले हस्ताक्षर अभियान तीव्र बनाएका छन्।

पार्टी प्रदेश इन्चार्ज शेरधन राईको निर्देशनमा हस्ताक्षर अभियान चलाइएपछि कोशी एमालेभित्र तीव्र असन्तुष्टि र विवाद चर्किएको छ।

विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सोमबार बसेको प्रदेश पदाधिकारी र संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि तीन नेता राजधानी काठमाडौँ जाने सहमति भएको थियो।

सोही सहमति अनुसार प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा आज काठमाडौँ जाने कार्यक्रम छ।

मुख्यमन्त्री कार्की पनि काठमाडौँ उड्ने तयारीमा रहेका छन् । भने, यता, विराटनगरमा प्रदेश इन्चार्ज शेरधन राईको निर्देशनमा मुख्यमन्त्री परिवर्तनका लागि हस्ताक्षर अभियान चलाइएपछि मुख्यमन्त्री कार्की पक्षीय सांसदहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले भने आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् ।

मुख्यमन्त्री परिवर्तनका लागि हस्ताक्षर अभियान थालिएको हो ? भन्ने प्रश्नमा उपनेता मेन्याङ्बोले भने,‘खै, मलाई त यसबारे केही थाहा भएन ।‘ तर हस्ताक्षर अभियान भने सुरु भएको श्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं