Lite Nepal

बुधबार, साउन २०, २०८३

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका सबै नेता–कार्यकर्ताले पार्टीको आधिकारिक गीत अनिवार्य रूपमा कण्ठ गर्नुपर्ने बताएका छन्। गीत गाउन नसक्ने व्यक्तिलाई पद वा जिम्मेवारीको आधारमा कुनै छुट नदिइने चेतावनी पनि उनले दिएका हुन्।

झापाको दमकमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले पार्टीको विचार र अभियानलाई जनस्तरसम्म पुर्‍याउन गीतलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिने बताए। उनले पार्टीका केन्द्रीय तहका नेताहरूको समेत परीक्षा लिने उल्लेख गर्दै गीत गाउन नसके पार्टीबाट हटाउने चेतावनी दिए ।

‘दमकले सुनुञ्जेल पार्टी सदस्यहरूले यो गीत गाउनु र गुञ्जाउनुपर्छ । गीत गाउन आएन भने म केन्द्रीय सदस्यहरूलाई पनि निकालिदिन्छु’, उनले भने, ‘म केन्द्रीय सदस्यहरूको परीक्षा लिन्छु म । यदि गीत गाउन आएन भने पार्टीबाट आउट !’

कार्यक्रममा उनले श्रम, आत्मनिर्भरता र सामूहिक सहभागिताको सन्देश बोकेको पार्टीको गीत गाएर उपस्थित कार्यकर्ता तथा समर्थकलाई पनि सामूहिक रूपमा गाउन आग्रह गरेका थिए।

साम्पाङले गीतले कार्यकर्तामा उत्साह र श्रमप्रतिको प्रेरणा जगाउने दाबी गर्दै पार्टीको अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउन यसलाई प्रभावकारी माध्यम बनाइने बताए।

यस्तो छ पार्टीको गीत–
देश आफैं बन्दैन गाली गर्दै अरूलाई
हातेमालो गरौँ आजै सच्चाएर आफैंलाई
श्रम गरौँ कर्म गरौँ कसको हेर्नु आश
अरू कोहीले बचाउँदैनन् हाम्रो देशको श्वास
यो देशको ढुंगा माटो, यो देशको कर्म
देशमाथि उठाउन आऊ गरौँ श्रम
रगत होइन, भिजाऊ यो देश
श्रम रोपी लहलह फलाऊँ यो देश

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं