Lite Nepal

बिहिबार, साउन २१, २०८३
धर्मदेवी नगरपालिका–७ स्थित आँखिभूई स्वास्थ्य चौकी नजिक गएको पहिरोका कारण गाडेको ढुङ्गा–अमरुवा–बिहिबारे हुँदै याक्खा चौक सडक खण्ड अवरुद्ध भएको दृश्य।

विराटनगर । धर्मदेवी नगरपालिका–७ स्थित पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गाडेको ढुङ्गा–अमरुवा–बिहिबारे हुँदै याक्खा चौक सडक खण्ड अन्तर्गत आँखिभूई स्वास्थ्य चौकी नजिक बिहीबार पहिरो जाँदा बाटो अवरुद्ध भएको स्थानीयले जनकारी दिएको छ ।

निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
सडक अवरुद्ध भएपछि उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित निकायका अनुसार मौसममा सुधार नआएसम्म पहिरो खस्ने जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं