काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद चन्द्रमोहन यादवले सरकारको आलोचना गर्दै मौन विरोध जनाएपछि केही समय सदन रोकिएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा जनकरपुरस्थित ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्न माग गर्दै यादवले सरकारको ध्यानाकर्षण गराउन मौन विरोध जनाएका हुन्।
यस क्रममा प्रतिनिधिसभाका सभामुखले सरकारको विरोध गर्ने पनि निश्चित प्रक्रिया र मर्यादा हुने स्मरण गराउँदै असहमति राख्ने क्रममा संसदीय नियम पालना गर्न आग्रह गरे।
बैठकमा सरकारमाथि आलोचना गर्दै यादवले सरकार जनताका कामभन्दा पनि राजनीति गर्न केन्द्रित भएको आरोप लगाए । उनले जनसरोकारका विषयमा ध्यान दिन सरकारलाई आग्रह गर्दै ढल्केबर ट्रमा सेन्टर निर्माणको माग सम्बोधन गर्न माग गरे ।
