Lite Nepal

शुक्रबार, साउन २२, २०८३
फाइल फोटो

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

परिषद् बैठकले आन्दोलनसहित १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । आन्दोलनको मिति र कार्यक्रम तय गर्ने जिम्मेवारी परिषद्बाट विस्तारित कार्यदललाई दिइएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतका मागसँगै समसामयिक नयाँ शैक्षिक तथा पेसागत मागहरू समेटेर भदौदेखि आन्दोलन गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं