Lite Nepal

शुक्रबार, साउन २२, २०८३

विराटनगर । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कोसी प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । केन्द्रमा भएको तीन बुँदे सहमतिअनुसार कोसी प्रदेशमा नेकपा एमालेले नै सरकारको नेतृत्व पाउने भएको छ ।

एमालेको लामो आन्तरिक विवादका कारण प्रदेश सरकार गठन प्रक्रिया अन्योलमा परेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेपछि पार्टीभित्र विवाद देखिएको थियो ।

तर, मुख्यमन्त्री कार्कीले काठमाडौँ पुगेर पार्टी अध्यक्ष ओलीसँग भेट गरेपछि सरकार गठनको बाटो खुलेको हो । त्यसपछि सत्ता साझेदार दलबिच छलफल तीव्र भएको छ । आज (शुक्रवार) सत्ता साझेदार दल नेकपा एमाले र संसदीय दलका नेताहरूबिच छलफल भएको थियो ।

छलफलमा केन्द्रमा भएको तीन बुँदे सहमति कार्यान्वयन, सरकारको न्यूनतम साझा कार्यक्रम, बजेट पुनरावलोकन, सत्ता साझेदारी, भाषा तथा दलित विधेयक र प्रदेशको पुनः नामकरणलगायत विषयमा छलफल भएको नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले लाइट नेपाललाई जानकारी दिए ।

उनको अनुसार सोमबारसम्म टुङ्ग्याउने र प्रदेशको पुनः नामकरणजस्ता विषयमा शीर्ष नेतृत्वसहित थप छलफल गर्ने सहमति भएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनका विषयमा देखिएका असहमति समाधान गर्दै अघि बढ्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं