काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको राजीनामा माग गरिएस्को छ ।
नेकपा (एमाले) की सांसद यशुदा बरालले शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या सम्बोधन गर्न सरकार पूर्णतः असफल भएको भन्दै राजीनामा माग गरेकी हुन् ।
सुनसरीमा भएको साम्प्रदायिक तनावले सरकारको नैतिकतामाथि प्रश्न उठाएको उनको भनाइ छ ।
‘हिजो नैतिकताको कुरा गर्ने प्रधानमन्त्री र गृहमन्त्री आज कहाँ हुनुहुन्छ ?, सांसद बरालले प्रश्न गरिन्, ‘यदि सरकारले देशमा शान्ति सुरक्षा दिन सक्दैन भने उनहरूले तत्काल राजीनामा दिनुपर्छ। संसद्मा १८२ जना सांसदहरू हुनुहुन्छ, अरू कसैले सरकार चलाउनुहुन्छ । तर यो असफल नेतृत्व अब चल्न सक्दैन।’