Lite Nepal

शुक्रबार, साउन २२, २०८३

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र प्रक्रियासम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
थापाले साउन २४ गते बस्ने केन्द्रिय समितिको बैठकले समसामयिक विषयमा थप निर्णय लिने जानकारी दिए।

विशेष महाधिवेशनको सन्दर्भ जोड्दै उनले पार्टीका सार्वभौम सदस्यहरूको अधिकार प्रयोग गरेरै उक्त महाधिवेशन गरिएको स्पष्ट पारे।

कांग्रेसका सन्दर्भमा सर्वोच्च अदालतबाट हालै जारी भएको आदेशप्रति संकेत गर्दै उनले भने ‘अदालतको आदेशबाट केही स्वाभाविक प्रश्नहरू उठेका छन्। हामी केन्द्रीय समितिको बैठकमा यसबारे धैर्यताका साथ छलफल गरेर आधिकारिक धारणा तय गर्नेछौँ’,उनले भने,‘यसमा हतार गर्नुपर्ने आवश्यक छैन ।

विशेष महाधिवेशनको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र यसअघि सर्वोच्च अदालतको डिभिजन बेञ्चले समेत पुष्टि गरिसकेको छ ।
अदालतको प्रक्रियामा सहभागी हुनु हाम्रो कर्तव्य हो। हामीले गरेको वैधानिक कामको हामी गौरवका साथ प्रतिरक्षा गर्नेछौँ।’

उनले पार्टी विधानभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उहाँले आफू विधानको सीमाभित्र रहेर जिम्मेवारी पूरा गर्न सचेत रहेको बताए। विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई पनि समेटेर लैजानु आफ्नो दायित्व भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं