Lite Nepal

सोमबार, साउन २५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे भेट्ने तय भएको छ। भारतीय राजदूतलाई भेटे लगत्तै प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई भेट्ने छन्।

यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।

आज भारतीय र चिनियाँ राजदूतलाई भेटेपछि शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं