काठमाडौं । प्युठानका अग्रज कम्युनिस्ट नेता तथा संविधानसभा सदस्य दीपक केसीको ८५ वर्षको उमेरमा निधन भएको छ।
केसीको आइतबार राति निधन भएको उनका ज्वाइँ रेशमबहादुर थापाले जानकारी दिए। लामो समयदेखि वामपन्थी राजनीति तथा सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानका अभिभावक व्यक्तित्वका रूपमा परिचित थिए। उनी २०६४ सालको संविधानसभा सदस्यसमेत थिए।
पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका केसी मुटुरोग, निमोनियालगायतका समस्या देखिएपछि काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत थिए।
परिवारका अनुसार उनको अन्त्येष्टि सोमबार दिउँसो १२ बजेतिर प्युठानको खैरिबोट नजिकै झिमरुक खोलाको किनारमा गरिनेछ।