Lite Nepal

सोमबार, साउन २५, २०८३

काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय भेला आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। राष्ट्रिय भेला आयोजक समितिले भेलामा सहभागी हुन प्रदेश तथा जिल्ला तहका नेताहरूलाई आह्वान गरेको छ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले सोमबार सबै प्रदेशका काँग्रेस कार्यसमितिका सभापतिलाई पत्र पठाउँदै भेलामा सक्रिय सहभागिताका लागि अनुरोध गरेका हुन्।

पत्रमा मुलुकको वर्तमान राजनीतिक अवस्था लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि देखिएका चुनौती तथा काङ्ग्रेसभित्रको विवादलाई मध्यनजर गर्दै पार्टीलाई थप सबल, सक्षम र सुदृढ बनाउन राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख छ। भेलामार्फत पार्टीको सम्पूर्ण एकता कायम गर्दै भावी कार्यदिशा तय गरिने आयोजक समितिले जनाएको छ।

आयोजक समितिले भेलामा प्रदेश तथा जिल्लाबाट क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व मन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति र महानगर, नगर तथा गाउँपालिकाका कार्यसमिति सभापतिहरूलाई सहभागी गराउन अनुरोध गरेको छ।

राष्ट्रिय भेला काठमाडौँमा साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने पत्रमा उल्लेख छ। आयोजक समितिले भेलालाई प्रभावकारी बनाउन सम्बन्धित सबै तहका नेता तथा प्रतिनिधिको सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं