विराटनगर । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विषय फेरि उठेको छ। सांसदहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्री सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने वा अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताए। सत्तापक्षका सदस्य नै प्रधानमन्त्रीको प्रतिरक्षामा उभिएको भन्दै उनले आलोचना गरे।
त्यस्तै, सांसद सरस्वती लामाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आपत्ति जनाइन्। उक्त अभिव्यक्तिले राष्ट्रिय अडान र राष्ट्रिय स्वाभिमानमा आघात पुग्न सक्ने भन्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरिन्।